२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगल अध्यक्षमा रविन र महासचिवमा राजकुमारको टीम विजयी हुने संकेत

एनआरएनए पोर्चुगल अध्यक्षमा रविन र महासचिवमा राजकुमारको टीम विजयी हुने संकेत

आगामी जुलाई ३१ तारिख आयोजना हुन लागिरहेको एनआरएनए पोर्चुगलको आठौं अधिवेशनका लागि उम्मेद्वारी दर्तासँगै चुनावी चहल पहल ह्वात्तै बढेको छ।

जुलाई २१ तारिख बिहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएसँगै चुनावी माहोल तात्तिएको हो।

एक आसिसी सदस्य, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु,महासचिव लगायत अधिकांश पदाधिकारीहरुमा निर्वाचन हुने देखिएको छ। यसपटक लिस्बनका युवा व्यवसायी तथा समाजसेवी रविन अधिकारी क्षेत्रीले अध्यक्षमा जीत्ने अडकल गरिएको छ।

यसैगरी महासचिवमा एनआरएनए अभियानमा लामो समय देखि क्रियाशील अनुभवी व्यक्तित्व पोर्चुगलका सक्रिय पत्रकार राजकुमार थापा बिजय हुने प्रारम्भिक अनुमान र संकेत देखिएको छ।

निर्वाचन आगामी जुलाई ३१ तारिख शनिबार हुँदैछ। निर्वाचनका लागि १६८८ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु