२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगल चुनाव :अध्यक्ष पदमा बिनु बस्नेतको उम्मेदवारी ,नेपाली समुदाय उत्साही

एनआरएनए पोर्चुगल चुनाव :अध्यक्ष पदमा बिनु बस्नेतको उम्मेदवारी ,नेपाली समुदाय उत्साही

एक सशक्त र निडर महिलाको रुपमा चिनारी बनाएकी बिनु बस्नेतले गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। उनको उम्मेदवारीले पोर्चुगलको नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।

तनहुँ घर भएकी बस्नेतले सबैसंग मिल्न सक्ने मिलनसार र इमान्दार छिन्। आफ्नो व्यवसायसँगै हजारौं नेपालीहरूलाई रोजगारीको कागजी प्रक्रियाको लागि सहयोग गर्दै आइरहेका छिन्।

एनआरएनए केन्द्रीय समिति विभाजन हुँदा शेष घले नेतृत्वतर्फ पोर्चुगलको वरिष्ठ उपाध्यक्ष बनेर काम गरिसकेकी बस्नेतले विगत ९वर्षदेखि पोर्चुगलमा व्यवसाय सञ्चालन गर्दै आएकी छिन्।

जुलाई ३० तारिखका दिन नवौ राष्ट्रिय महाअधिवेशन हुदैछ । एनआरएनए पोर्चुगलमा झण्डै २ हज़ार पन्जिकृत सदस्य बनेका छन्।अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेकी बस्नेतले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु