२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगल निर्वाचन :सरिता शर्माले दिइन् महिला संयोजकमा उम्मेदवारी

एनआरएनए पोर्चुगल निर्वाचन :सरिता शर्माले दिइन् महिला संयोजकमा उम्मेदवारी

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद्को भोलि हुने निर्वाचनका लागि महिला संयोजकमा सरिता शर्माले उम्मेदवारी दर्ता गरेकी छन्।

आसन्न २०२३-२५ कार्यकालका लागि उनको उम्मेदवारी रहेको हो।प्रष्ट वक्ताको रुपमा चिरपरिचित शर्मा पोर्चुगलबासी नेपाली समुदायमाझ लोकप्रिय छिन्।

यस्तोर छ उनको प्रतिद्धता

“एक पटकको नेपाली सधैको नेपाली “

आदरणीय सम्पूर्ण पोर्चुगलबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार ।

गैर आवासीय नेपाली संघ, (NRNA) पोर्चुगलको आसन्न नवौ अधिबेशनमा २०२३-२०२५ कार्यकालका लागि महिला संयोजकमा मेरो उम्मेदवारी रहेको जानकारी गराऊदछु ।

म पोर्तुगलको नेपाली समाजमा लामो समय देखी रहेर सकृय सामाजीक भुमिका निर्वाह गर्दै आईरहेको त याहाहरूमा अवगत नै छ ।
सदा झै यहाँहरूको माया, साथ, सहयोग, समर्थन, हौसला तथा आशीर्वादले मलाई अझ बढि सामाजिक कार्यमा अगाडी बढ्न प्रेरणा मिल्नेछ भन्ने आशा सहित यो ऊमेद्वारी दिएकी
हु । तपाईको एक मत मेरा लागी अत्यन्त बहुमुल्य रहनेछ ।

मेरो एजेन्डाहरू यसप्रकारका रहेका छन् ।

  • सर्वप्रथम , हजारौँ नेपालीले कर्मथलो बनाएको पोर्चुगलमा NRNA सदस्य संख्या न्युन रहनुले याहाको नेपाली समाज NRNA प्रति कति उदासिन छ भन्ने कुरा प्रष्ट देखिन्छ तसर्थ हाम्रो समाजको NRAN अभियान प्रति रहेको नकरात्मक सोच र हर्ने दृष्टिकोण सच्याउदै ऐक्यवद्ध गर्न गराउन प्रतिवद्धताका साथ लागि पर्नेछु।
  • बेरोजगार नयॉ तथा पुराना दिदीबहिनीहरूका लागि सीपमुलुक तालिमका साथै भाषा कक्षा संचालन गर्न संबन्धित निकाय संग सहकार्य गरी दिर्धकालीन योजना बनाऊन पहल गर्ने र पोर्तुगल कर्मथलो बनाउनु भएका परिवारका बाल बच्चाहरुका निम्ति नेपाली भाषा कक्षा संचालनका निम्ति पनी पहलकदमी लिने ।
  • सकारात्मक सोच विकाश गर्न तथा सक्षम र स्वावलम्बी बन्नका लागि विविध प्रेरणात्मक प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने।
  • “एन आर एन ए मेरो माईती” नामक कार्यक्रम ल्याई शोषित उत्पिडीत महिला दिदीबहिनीको हकहित, न्याय र सुरक्षाका निम्ति एनआरएन महिला राहात कोष खडा गर्न पहल गर्ने ।

अन्तमा मेरो यो अभियानमा साथ सहयोग र हौसला प्रदान गरी अगाडी बढ्न प्रेरणा दिनुहुने सबैमा नमन ।
शुभरात्री
धन्यबाद
नमस्कार

nrnaelection23

NRNAPortugal

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु