गृहपृष्ठ एनआरएनए पोर्चुगल निर्वाचन :पत्रकार गुरुङले दिए कार्यसमिति सदस्य पदमा उम्मेदवारी
एनआरएनए पोर्चुगल निर्वाचन :पत्रकार गुरुङले दिए कार्यसमिति सदस्य पदमा उम्मेदवारी

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचनमा सक्रिय पत्रकार चक्र गुरुङले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्।
विगत केही समय देखि पोर्चुगललाई कर्मथलो बनाउदै आएका गुरुङ सामाजिक कल्याणकारी कार्यमा अग्रसरता देखाउने व्यक्ति मध्येमा पर्छन्।
शालिन र भद्र स्वभावका गुरुङले सबै समुदायको साझा र नेपालीत्व झल्काउने एनआरएनए बनाउन उम्मेदवारी दिएको बताउछन्।
गुरुङ पोर्चुगलबाट संचालित मकालु अनलाइनका सम्पादक समेत हुन्।नमूना नेपाल परिवार गुरुङलाई जितको अग्रिम शुभकामना व्यक्त गर्दछौं।