२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ एनआरएनए पोर्तुगलद्वारा प्यारालाइसिस बिमारी लिम्बूलाई ३ सय युरो सहयोग

एनआरएनए पोर्तुगलद्वारा प्यारालाइसिस बिमारी लिम्बूलाई ३ सय युरो सहयोग

लिस्बन । एनआरएनए पोर्तुगलले प्यारालाइसिसका बिमारी कमल लिम्बूलाई ३ सय युरो सहयोग गरेको एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिएको छन् ।

“विगत ८ महिनादेखि पोर्चुगल बस्दै आएका नेपालमा जन्मघर संखुवासभा भइ हाल मोरङ जिल्ला ठेगाना भएका कमल लिम्बूले आफ्नो देब्रे पट्टीको हात खुट्टा लगायत शरीरको भाग नचल्ने भइ आफू अशक्त भएकोले काम पनि गर्न नसक्ने अवस्था दर्साउदै आफुलाइ आर्थिक समस्याले अत्यन्त कठिन बनाएको भनी एनआरएए पोर्चुगलमा निवेदन दिएको हुँदा निज लिम्बूको गम्भीर समस्या र कठिनाईलाई मध्यनजर गर्दै संघको तर्फबाट ३ सय युरो आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी गराउदछौं ।” एनआरएनए पोर्तुगलद्वारा आज जारी सूचना भनिएको छ ।

हेर्नुहोस् सूचना जस्ताको तस्तै :

सहयोग उपलब्ध गराइएको जानकारी बारे ।

विगत ८ महिनादेखि पोर्चुगल बस्दै आउनु भएका नेपालमा जन्मघर संखुवासभा भइ हाल मोरङ जिल्ला ठेगाना भएका कमल लिम्बूले आफ्नो देब्रे पट्टीको हात खुट्टा लगायत शरीरको भाग नचल्ने भइ आफू अशक्त भएकोले काम पनि गर्न नसक्ने अवस्था दर्साउदै आफुलाइ आर्थिक समस्याले अत्यन्त कठिन बनाएको भनी एनआरएए पोर्चुगलमा निवेदन दिएको हुँदा निज लिम्बूको गम्भीर समस्या र कठिनाईलाई मध्यनजर गर्दै संघको तर्फबाट ३ सय युरो आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी गराउदछौं । साथै पोर्चुगलमा रहेका अन्य संघ-संस्था, सहयोगी मन र महानुभावहरुमा पनि उहाँलाई स्वइच्छाले आर्थिक सहयोग गरिदिनु हुन आग्रह गर्दछौं ।

गैर आवासीय नेपाली संघ, पोर्चुगल ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु