Covid-19
City Express

एनआरएनए पोर्तुगलद्वारा नेपालको सीमा सम्बन्धी संविधान संशोधन पारितको स्वागत

सम्पूर्ण पोर्तुगलवासी नेपाली दाजुभाई दिदीबहिनीहरु लगायत विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई !

     हिजो मिति २०७७ जेठ ३१ गते प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारले प्रस्तुत गरेको नेपालको निशान छापमा नयाँ नक्सा समेट्नका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ संसदबाट दुई तिहाइभन्दा बढी (२७५ मध्ये उपस्थित २५८,पक्षमा २५८ अर्थात् उपस्थिति संख्याकाे शतप्रतिशत) मतद्वारा प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएसंगै यसले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई स्पष्टसँग नयाँ नेपालको राजनैतिक र प्रशासनिक नक्सामा समावेश गरेको छ।

यो राष्ट्रिय एकताले बिगतमा गुमेका उक्त भूमि फिर्ता लिनको लागि भारत सरकारसंग कुटनैतिक वार्ताको प्रक्रिया अगाडि बढाउन कानुनी र नैतिक आधार र बल मिलेको छ। अव विभिन्न कालखण्डमा भएका  सन्धि- सम्झौताहरु, दसी-प्रमाणहरु, अभिलेखहरु लिएर वार्ताको माध्यमबाट कुटनैतिक  ढङ्गले नेपालको जमीन फिर्ता ल्याउन नेपाल सरकारले निरन्तर पहलकदमी लिओस  भन्ने आग्रह गर्दछौं ।

नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता माथि कसैको पनि हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन । आज राष्ट्रियताको मुद्दामा नेपाल सरकार साथै सम्पूर्ण राष्ट्रिय राजनीतिक दलहरूले लिएको यस ऐतिहासिक निर्णयप्रति खुशी व्यक्त  गर्दै हामी सम्पूर्ण पोर्तुगलवासी  गैर आवासीय नेपालीहरुको सदैव साथ, सहयोग र समर्थन छ र रहिरहनेछ। नेपालको जय होस् ।🇳🇵🙏

जननी जन्मभुमिस्च स्वर्गदपि गरीयसी !

तिलक गैरे
अध्यक्ष

हेमराज सुवेदी
महासचिव

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) पोर्तुगल


हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु