२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ एनआरएनए पोर्तुगल अध्यक्ष गैरेद्वारा व्यक्तिगत रूपमा सहयोग प्रदान

एनआरएनए पोर्तुगल अध्यक्ष गैरेद्वारा व्यक्तिगत रूपमा सहयोग प्रदान

पोर्तुगल । एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेले समस्या परेकी एक नेपाली महिला दिवानी पुर्जालाइ व्यक्तिगत रूपमा नगद सहयोग प्रदान गरेका छन् । आज निज महिलाको सान्तातोनिया स्थित निवासमै गएर उनले सहयोग दिएका हुन् ।

म्याग्दीको देवित्थान गाँपा घर भइ एकबर्षदेखि चार महिनाको बच्चाकासाथ पोर्तुगल बस्दै आएकी दिवानी पुर्जाका श्रीमान भने हाल काठमाडौमा छन् । कागजात पनि बनिनसकेको र काम पनि पहिले छुटेकोले उनले “ले अफ” पनि पाएकी थिइनन् । “काम पनि नभएको, काखमा सानो बच्चा भएकोले मलाई निक्कै आर्थिक कठिनाइ परिरहेको थियोे, तिलक सर लगायत अरु सरहरु आएर घरभाडा लगायत सहयोग गरेर जानु भयो, पछि केही समस्या परे सम्पर्क गर्नु भनेर फोन नम्बर छोडेर जानुभएको छ, मलाई धेरै खुशी लागेको छ, उहाँहरुलाइ धन्यवाद दिन चाहन्छु ।” पुर्जाले हामीसंगको कुराकानीमा भनिन् ।

“उहाँलाई बस्न र खाद्यान्न लगायतको समस्या परेको थाहा पाएपछि आफुले घरभाडा लगायत अन्य आवश्यक नगद सहयोग व्यक्तिगत रूपमा उपलब्ध गराएको” गैरेले बताए । गैरेकासाथ सहयोग प्रदान गर्न एनआरएनए अलेन्तेजु क्षेत्रीय समितिका अध्यक्ष शिव वाग्ले पनि गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु