गृहपृष्ठ एनआरएनए पोर्तुगल र क्षेत्रीय समितिहरुद्वारा १५० भन्दा बढीलाई राहत वितरण सम्पन्न
एनआरएनए पोर्तुगल र क्षेत्रीय समितिहरुद्वारा १५० भन्दा बढीलाई राहत वितरण सम्पन्न

राजकुमार थापा/ कलश खरेल, लिस्बन, पोर्तुगल । एनआरएनए पोर्तुगल र क्षेत्रीय समिति अल्गार्भ तथा अलेन्तेजुले कोरना भाइरसबाट उत्पन्न संकटबाट समस्यामा परेका पोर्तुगलका १५० जना भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरेको छ । एनआरएनए पोर्तुगल लिस्बनमा मार्च २९ तारिख र अन्य दिन गरेर ७९ जनालाई र क्षेत्रीय समिति अल्गार्भले अप्रिल १ तारिख ३५ जनालाई र क्षेत्रीय समिति अलेन्तेजुले अप्रिल ३ तारिख ३७ जनालाई राहत वितरण गरेका छन् ।
पोर्तुगलमा भर्खरै आएका, रोजगारी नभएका अति समस्या रहेका नेपालीहरुलाई प्राथमिकताको आधारमा राहत वितरण गरिएको राहत वितरण समन्वय समिति लिस्बनका संयोजक बिक्रम जंग कुँवरले बताए ।
राहत वितरणले समस्या र गाह्रोसारोमा परेकाहरुलाइ आधारभूत टेवा पुगेको र राहत प्राप्त गर्ने महानुभावहरुले खुशी व्यक्त गर्नु भएको क्षेत्रीय समिति अल्गार्भका अध्यक्ष तथा सो क्षेत्रका राहत वितरण समन्वय समितिका संयोजक र अनिल शर्माले जानकारी दिए ।
राहत वितरण कार्यबाट यस क्षेत्रका समस्या पर्नु भएका साथीहरू दैनिकीमा मद्दत पुगेको र कोही साथीहरू अति समस्या भए अझै सम्पर्क गर्न क्षेत्रीय समिति अलेन्तेजु अध्यक्ष तथा सो क्षेत्रका राहत वितरण समन्वय समितिका संयोजक शिव वाग्लेले आग्रह गरेका छन् ।
लिस्बनको राहत वितरणमा एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, महिला उपाध्यक्ष सीता श्रेष्ठ, कोषाध्यक्ष एवं सहयोग समिति संयोजक विक्रमजंग कुँवर, युवा संयोजक एवं सहयोग समिति उपसंयोजक दीनेश भण्डारी तथा सदस्यहरु दीपक खत्री, सुमन शर्मा चौलागाईं र कार्यालय प्रमुख श्याम श्रेष्ठको सक्रिय अगुवाई गरेका थिए ।
राहत स्वरुप चामल, तेल, दाल, स्पागेटी, नुन लगायतका खाद्यान्न वितरण गरिएको थियो ।
कोही साथीहरूलाई समस्या भए र सम्पर्क गरे जुनसुकै बेला आफुहरु आपतकालीन मद्दत गर्न र सहयोग पुर्याउन तत्पर रहेको एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेले प्रतिवद्दता जनाए ।
राहत वितरणका केही झलकहरु:








