२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए बेल्जियममा महिलाको बर्चश्व अध्यक्षमा सिता महासचिबमा रुबिना

एनआरएनए बेल्जियममा महिलाको बर्चश्व अध्यक्षमा सिता महासचिबमा रुबिना

केजीन राई, बेल्जियम युरोप :लुभेनमा सम्पन्न गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।


अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको थियो भने यो पटकको सुन्दर पक्ष भनेको सम्पूर्ण महत्वपूर्ण पदहरू सहित १६ महिला समितिमा निर्बाचित भएका छन्। समितिमा न्युज २४ नेपालका पत्रकार इन्दिरा चाम्लिङ राई उपाध्यक्षमा निर्बाचित भएकी छिन।

बेल्जियमका ६ क्षेत्रहरुमा भएको मतदान केन्द्रमा एकैपटक भएको मतदानमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी तीर्थराज धमलाले ९४८ मत प्राप्त गरेका थिए।


प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको निर्वाचन समिकिा अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिबासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई , महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन्।


महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ , ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित हुनु भएकोछ। सदस्यहरुमा अशोका केसी , सिता दाहाल , सुर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित हुनु भएकोमा छ।


त्यसैगरी आईसीसी सदस्यत्रयमा भिम सुबेदी मदन दवाडी र हरी भट्टराई निर्बिरोध चयन हुनुभएको छl।नबनिर्बाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी , निबर्तमान अध्यक्ष खडक बहादुर केसी र निर्बाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र बितरण गर्नु भएको थियो भने ब्यबशायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवासले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु