गृहपृष्ठ एनआरएनए बेल्जियमले गर्यो पूर्वअध्यक्ष डा. घलेलाई सम्मानित
एनआरएनए बेल्जियमले गर्यो पूर्वअध्यक्ष डा. घलेलाई सम्मानित

इन्दिरा चाम्लिङ राई,बेल्जियम :गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा.शेष घले सम्मानित भएका छन्। गैर आवासिय नेपाली संघ बेल्जियमले डा.घलेलाई सम्मान गरेको हो।
एनआरएनए बेल्जियमले टेष्ट अफ एशिया लुभेनमा गरेको स्वागत तथा अन्तरकृया र सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै डा. घलेले गैरआवासीय नेपाली अभियानलाई शसक्त रूपमा नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताए।
बेल्जियममा कार्यसमितिमा अध्यक्ष महासचिब सहित रहेको महिला बर्चश्वको खुल्ला प्रशंसा र समर्थन गर्दै डा. घलेले एनआरएन जसरी भए पनि नया सोचले चल्नु पर्ने र युबा पुस्ता अग्रपंतिमा आऊन आग्रह गर्नु भयो।
एनआरएन बेल्जियमले आफूलाई सम्मानित गरेकोमा आभार प्रकट गर्नु भयो।कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व संरक्षक दिल गुरुङले एनआरएनए भित्र भएको राजनीतिक चलखेलले गर्दा समस्या सुरु भएको बताए।
उनले विदेशमा बस्ने नेपालीहरुको हितमा एनआरएनए नेतृत्वले काम गर्नु पर्नेमा जोड दिए।एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमले संस्थाको रुपान्तरणका लागि निर्मम भएर समिक्षा गरेर आगामी कदम चाल्नु पर्ने बताए।
एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रुबिना शर्माले गरेकी थिइन्। कार्यक्रममा एनआरएनए बेल्जियमकी उपाध्यक्ष इन्दिरा चाम्लिङ राईले स्वागत मन्तव्य दिएकी थिइन्।
एनआरएन बेल्जियम कोषाघ्यक्ष अजित तुलाचनले सो कार्यक्रममा बिशेष संयोजन गरेका थिए।एनआरएन ग्लोबलका फाऊन्डर र संघका पूर्वप्रमुख संरक्षक समेत रहेका डा.घले ब्यशायिक शिलसिलामा बेल्जियम पुगेका हुन्।
उक्त कार्यक्रमको लागि टेस्ट अफ एशियाका संचालक तथा एनआरएनए बेल्जियमका सचिव सञ्जय देव श्रेष्ठले हल उपलब्ध गराएका थिए।