२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए बेल्जियमले संकल्प प्रस्ताब पारित गर्दै राहत कोष स्थापना गर्यो

एनआरएनए बेल्जियमले संकल्प प्रस्ताब पारित गर्दै राहत कोष स्थापना गर्यो

इन्दिरा चाम्लिङ राई,बेल्जियम:गैरआवासीय नेपाली संघ बेल्जियमको नवनिर्वाचित कार्यसमितीको पदभार ग्रहण संगै अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाईचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजना पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरेको छ।

बैठकले बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आईपर्ने कुनै पनि आपतकालिन समस्याको लागि सहयोग गर्न एक आपतकालिन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ।

त्यसैगरी गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराउनुभएकोमा धन्यवाद ज्ञापन गरेको महासचिब रुविना शर्माले बताईन।

नव निर्वाचित कार्यसमितिलाई बर बुझारथ गर्न आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष खड्क बहादुर केसीले नवनिर्वाचित अध्यक्ष सीता सापकोटालाई संस्थाको विधान र प्रगति विवरण, कोषाध्यक्ष लोकेन्द्र नेपालले, नवनिर्वाचित कोषाध्यक्ष अजित तुलाचनलाई नगद मौज्दात र बैक खाताको अख्तियारी एंव महासचिव रमेश कंडेलले नवनिर्वाचित महासचिव रुबिना शर्मालाई संगठनका माइन्युट र अन्य कागजात हस्तान्तरण गर्नु भयो।

जम्मा १२९२८८,२१ युरो आम्दानी गरेके र ८९११५,४९ युरो खर्च गरेको संस्थाको बैंक खातामा ४३४२२.१८ युरो र महिला र युवा खाताको रकम एंव ६८३५.८८ नगद सहित ५१२४७,८८ जम्मा कोष रहेको कोषाध्यक्षको आर्थिक विवरणमा जनाइएकोछ।

कार्यक्रममा एनआरएनएका केन्द्रीय सचिव गंगाधर गौतम, निर्वाचन समितिका सदस्य सचिव विनोद न्यौपाने लगायत निवर्तमान एंव नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र अन्य संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरु उपस्थित रहेको आदिबासी ऊपाध्यक्ष इन्दिरा चाम्लिंग राईले बताईन।


एनआरएन बेल्जियमको ईतिहासमा कुशल नेतृत्व र आय आर्जन चुस्त दुरूस्त गरेकोमा निबर्तमान अध्यक्ष खडक केसी र कोषाध्यक्ष लोकेन नेपाललाई सामाजिक रूपमा सबैले सम्मान गरेको छ।

कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष खड्का बहादुर केसी एंव बैठकको संचालन महासचिव रुबिना शर्मा र अध्यक्षता नवनिर्वाचित अध्यक्ष सीता सापकोटाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु