२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ एनआरएनए बेल्जियममा चुनाव सरगर्मी,अध्यक्षमा केसीको उम्मेदवारी

एनआरएनए बेल्जियममा चुनाव सरगर्मी,अध्यक्षमा केसीको उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्यक्ष खड्क बहादुर केसीले आगामी कार्यकाल २०२१- २३ को लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन्।

दुई कार्यकाल एनआरएन बेल्जियममा उपाध्यक्ष रहिसकेका केसी अहिले सम्म एनआरएन बेल्जियमका सम्पूर्ण रूपमा अघोषित अध्यक्षको काम गरेर समाबेशी ,स्वच्छ र साझा एनआरएन बनाउन दिन-रात अहोरात्र खट्ने अभियन्ताको रूपमा परिचित छन्।

आखामा राखेपनि नबिझाउने प्रबृत्ति बोकेका डायस्पोराका युबापुस्ताका होनहार उधमी, बरिष्ठ उपाध्यक्ष केसी पर्बत समाज बेल्जियम , अन्तराष्ट्रीय पर्बत समाज, क्षेत्री समाजका सल्लाहाकार साथै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव र सामाजिक संस्था साँग्रीला समाज बेल्जियम मा २ कार्यकाल अध्यक्ष भएर समेत काम गरिसकेका छन्।

पछिल्लो समय बेल्जियममा रहेका कागज नभएका सबै नेपाली समुदायलाई कोरोना बिरुद्दको खोप दिलाउन समन्वय गरी सफल हुनु , वैयक्तिक पहुचको आधारमा बेल्जियम सरकार र स्थानीय निकाय मार्फत सिंगो नेपाली समुदाय र मुलुकको लागि अनगिन्ति आर्थिक- भौतिक लगायत सहयोग जुटाउन सफल भएकै कारण राजनैतिक खिचातानीमा नपर्ने हो भने उनि सिंगो नेपाली समुदायको निर्बिकल्प उम्मेद्वार हुन् भन्ने बेल्जियमबासीको एउटै आवाज बुलन्द सुनिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु