गृहपृष्ठ एनआरएनए माल्टाको शुभकामना कार्यक्रम भब्यरुपमा सम्पन्न
एनआरएनए माल्टाको शुभकामना कार्यक्रम भब्यरुपमा सम्पन्न

गैरआवसीय नेपाली संघ माल्टाको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान ,साँस्कृतिक तथा सांङ्गितिक कार्यक्रम सम्पन्न भएको छ।The Waterfront Hotel Sliema मा आयोजना भएको कार्यक्रम अप्रिल १४ तारिक नयाँ बर्षको दिनमा गरिएको थियो।
कार्यक्रम अध्यक्षता NRNA माल्टाका अध्यक्ष भुवन अर्याल, प्रमुख अतिथिमा गैरआवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजु अर्यालले गर्नु भएको थियो।
विशिष्ट अतिथिको रुपमा स्थानिय जिरा नगरपालिकाका मेयर क्रोनाद बोर्ज ,स्थानीय सगरमाथामा आरोही मार्को कारोमोना,भारतिय राजदूतावास माल्टाका द्वितीय सचिव अनुराध दास, हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष चन्द्र रोय ,स्थानीय भिक्की कामिलेरी ,तथा माल्टामा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि अथवा समाजसेवी लगायत कार्यक्रमका सहयोगीहरुले अतिथिको रुपमा कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो।
अध्यक्ष अर्यालले दिएको जानकारी अनुसार कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका महासचिव रोशन गिरीले दिनु भएको थियो।
साथै कार्यक्रममा नेपाली जनसम्पर्क समिती माल्टाका सभापति सन्देश केसी ,जिरा नगरपालिका मेयर क्रोनाद बोर्ज ,हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष रोय,भारतिय राजदुतावास माल्टाका दुत्तिय सचिव अनुराधा दास साथै गैरआवसीय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालले गर्नु भएको थियो।