२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए युकेको निर्वाचन,अध्यक्षमा प्रेम गाहा मगर र महासचिवमा लिम्बू निर्वाचित

एनआरएनए युकेको निर्वाचन,अध्यक्षमा प्रेम गाहा मगर र महासचिवमा लिम्बू निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गर्दै प्रेम गाहा मगर अध्यक्षमा निवाचित भएको घोषणा गरेको छ।

२ अगष्ट मध्यान्ह १२ देखि मंगलबार दिउँसो १२ बजेसम्म भएको मतदानमा दीपक श्रेष्ठ र रोजिना राईलाई पछि पार्दै मगरसहित उनको पूरै प्यानलले जित हासिल गरेका हुन्।

गाहामगरले ४ हजार ५ सय ७४ मत पाउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले २ हजार १ सय ९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन्।

यसअघि ३१ जुलाईमा गर्ने भनिएको निर्वाचन दुई दिन पर सारिएको थियो। सौहार्दपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि निर्वाचन मण्डलले एक पटक पनि कति मत खस्यो भन्नेबारे जानकारी दिएको थिएन।

विहिबार मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि विभिन्न विवादको कारण मतपरिणाम शुक्रवार राति सार्वजनिक गरिएको हो।

करिब ५ दर्जन उम्मेद्वार रहेकोमा गाहा मगरको समावेशी समूहले जित हासिल गरेको छ।

२ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन्।
यसैगरी महिला उपाध्यक्षमा शकुन्तला गुरुङले ३ हजार ७ सय ४३ सहित जित दर्ता गरिन्।

नर्दन आयरल्यान्डबाट उपाध्यक्षमा नारायण कंडेलले ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए । स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन्।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन्। उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए।

सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ, कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा, युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन्।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु