गृहपृष्ठ एनआरएनए युरोपका महिला संयोजकहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न
एनआरएनए युरोपका महिला संयोजकहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न
राजकुमार थापा

युरोप । एनआरएनए युरोपका विभिन्न देशका महिला संयोजकहरुको जुम एप को प्रयोग गरी अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए युरोपकी महिला संयोजक योगिता थापाको पहलमा भएको अन्तरक्रियामा युरोपका झण्डै एक दर्जन देशहरुका एआरएनए महिला संयोजकहरुको सहभागिता रहेको जनाइएको छ ।
भेलामा कोभिड-१९ बाट उत्पन्न समस्याले युरोप रहेका नेपाली दिदीबहिनीहरुलाइ पारेको प्रभाव, उत्पन्न समस्या र समाधान तथा सहयोगका बारेमा कार्यक्रम आयोजक एनआरएनए युरोपकी महिला संयोजक योगिता थापाले प्रकाश पारेकी थिइन् । युरोप रहेका नेपाली महिलाहरुका विविध समस्या र पक्षहरुमा राम्रो र उपयोगी छलफल भएको अन्तरक्रियामा सहभागी एनआरएनए पोर्तुगलकी महिला संयोजक सुशीला थापाले बताइन् ।

कार्यक्रममा विभिन्न देशका महिला संयोजकहरुले आआफ्नो देशमा भएका नेपाली महिला दिदीबहिनीको अवस्थाको बारेमा जानकारी दिएका थिए । यसरी कार्यक्रम आयोजना गर्नु अत्यन्त उपयुक्त रहेको भन्दै महिला संयोजकहरुले अन्तरक्रियालाई नियमितता दिई एक अर्कामा सहयोग र अनुभव आदानप्रदान हुनुपर्ने कुरामा जोड दिएका थिए ।
अन्तरक्रियामा एनआरएनए युरोपका महिला संयोजक योगिता थापा, पोर्तुगल महिला संयोजक सुशीला थापा, बेल्जियम महिला संयोजक सुशीला खतिवडा, जर्मनी महिला संयोजक सुनिता थापा, अष्ट्रीय महिला संयोजक सम्झना बोहरा, फ्रान्स महिला संयोजक मिली कोइराला, स्पेन महिला संयोजक समी गुरुङ, लक्जेम्बर्ग महिला संयोजक दुर्गा केसी थापा, डेनमार्क महिला सयोजक शोभा न्यौपाने यसैगरी ममता थकाली फिनल्यान्ड, सीता सुवेदी नर्वे, भवा मल्ल इटाली र अन्जु कार्की केसी लगायतको सहभागिता थियो ।