Covid-19
City Express

एनआरएनए युरोपियन क्षेत्रीय समितिले कोरोना बिरुद्द लड्न न्यूनतन ६० लाख सहयोग गर्ने

संसारलाई आक्रान्त पारेको कोरोना भाईरस COVID-19 बिरुद्ध लड्न गैर-आवासीय नेपाली संघले आह्नान गरेनुसार यूरोपियन क्षेत्रको बैठक यूरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा बसी यस बिरुद्ध लड्न यूरोपका संपूर्ण एनसीसी हरुको ऐक्यबद्धताको साथ नूनतम ५० हजार यूरोको एक आपतकालिन कोष स्थापना गर्दै अत्याबश्यक सहयोगको लागी कोरोना प्रभावित स्थानहरुमा परिचालन गर्ने निर्णयको साथ सम्पन्न भएको छ ।

स्काईप बिजिनेशको माध्यमबाट सम्पन्न उक्त अनलाईन बैठकमा बिषेश आमन्त्रितको रुपमा महासचिब डा हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले समेत सम्बोधन गर्नुका साथै एन आर एन केन्द्रले यस बारेमा लिएका कदमहरुको बारेमा बैटकलाई जानकारी गराउनु भएको थियो ।

यूरोप उप-संयोजक कृष्ण प्रसाद तिमिल्सिनाका अनुसार संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उप-संयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्नु हुने सम्पूर्ण आईसीसी सदस्यहरु, यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नु हुने मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिबहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक NRNA Europe COVID-19 सहयोग समिति समेत गठन भएको जानकारी गराउनु भएको छ।

जसको ११ सदस्यीय सचिबालयमा संयोजक नारायण आचार्य, उप-संयोजक त्रय मुक्त बहादुर गुरुङ, कृष्ण प्रसाद तिमिल्सिना र शुक्र राज न्यौपाने तथा आईसीसी सदस्यहरु रामशरण सिमखडा (यूके), आईसीसी सदस्य सुभाष जोशी (बेल्जियम) आईसीसी सदस्य सुनिल रानाभाट (स्पेन) आई सी सी सदस्य बिजय मोक्तान (जर्मन) र आई सी सी सदस्य चिन्तामणी सापकोटा (स्पेन) रहेको छ। सोही बैठकले केन्द्रमा गठित स्वस्थ्य कार्यदलसंगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य बिज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उप-समिति समेत गठन गरेको छ।

समितिले आजैको मितिबाट कामको थालनी गर्दै COVID-19 को चरम प्रभाब रहेको यूरोपका देशहरुको खास समस्याको शुष्म पहिचान गरी लागत राख्न शुरुगर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मुल समितिमा १ हप्ता भित्र प्रतिबेदन समेत पेश गर्ने निर्णय गरेको छ । गैर-आवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा यूरोप क्षेत्रमा काम गर्ने तथा केन्द्र संघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने बैठकले निर्णय गरेको जानकारी बैठकमा सहभागी आईसीसी सदस्य रामशरण सिमखडा ले बताउनु भयो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु