गृहपृष्ठ एनआरएनए युरोप उपसंयोजकमा रोबोट लिम्बूको उम्मेदवारी घोषणा
एनआरएनए युरोप उपसंयोजकमा रोबोट लिम्बूको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा युरोप उपसंयोजक(DRC)मा पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा लिम्बूले उम्मेदवारी दिने तयारी गरेका हुन् । हाल उनी युरोपका युवा उपसंयोजक रहेका छन्।
गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्य समेतको जिम्मेवारी निर्वाह गरिसकेका लिम्बू एक दसकदेखि एनआरएनए अभियानमा सक्रिय रहेका छन्।
युरोप उपसंयोजकको उम्मेदवारीका लागि आफु अनुभवी र योग्य रहेको उनको दाबी छ। झन्डै एकदसकदेखि पोर्चुगललाई कर्मथलो बनाएका लिम्बू सफल युवा व्यवसायीको रूपमा पनि युरोपमा चिनिएका छन्।
उनी रेस्टुरेन्ट र हस्पिटालिटी व्यवसायमा आवद्ध छन्।”लामो समयदेखि यस संस्थामा संलग्न र निरन्तर सक्रिय छु। सदस्यदेखि सल्लाहकार हुँदै संरक्षक र हाल युरोप युवा उपसंयोजकसम्मको जिम्मेवारी सफलतापूर्वक पुरा गरिरहेको परिप्रेक्ष्यमा अब समग्र युरोप एनआरएनएको उपसंयोजकमा मेरो स्वभाविक दावादारी हो।” लिम्बूले भने।
हाल युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारधि (PHD) समेत गरिरहेका लिम्बूले अग्रेजी विषयमा सोही विश्वविद्यालयबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय काठमाडौबाट अग्रेजी विषयमा नै स्नातक गरेका छन्।
शालीन र बौद्धिक युवाको छवि बनाएका लिम्बूले एनआरएनए अग्रज, अभियान्ता, शुभचिन्तक र साथीभाइबाट सहयोग, सद्भाव, समर्थनको विश्वास र अपेक्षा लिएको बताएका छन्।