गृहपृष्ठ एन आर एन ए नेदरल्याण्ड्मा विवाद
एन आर एन ए नेदरल्याण्ड्मा विवाद

एनआरएनए-नेदर्ल्याण्डसका प्रमुख सँरक्षक हरि पौडेललाई मनोनयन गरेको दुई तीन महिना मै बर्खास्त गरेको खबर एनसिसि नेदर्ल्याण्डको कार्यसमितिले सार्वजानिक गरेपछि नेदर्ल्याण्डवासी गैरआवासिय नेपालीहरुले गम्भिर आपत्ति जनाएका छन।
संस्थापक अध्यक्ष र पुर्व अध्यक्षहरु, लागाएतका २४ जना नेदर्ल्याण्डका सामाजिक तथा एनआरएनए अभियन्ताहरुले कार्यसमितिको निर्णयलाई पुनर्विचार गर्न सामुहिक पत्राचार गरेका छन।
सामाजिक सन्जाल मार्फत सार्वजानिक गरेको मिती २४ सेप्तेम्बर २०२२, चलानी नम्बर १४२१-२३ कार्यसमितीको पत्रमा प्रमुख संरक्षकलाई संघको गरिमा, विस्वसनियता, मर्यादा र विधान विपरित अवान्छनिय कृयाकलाप गरेको आरोप लगाइएकोमा निवेदकहरुको गम्भिर ध्यानाकर्षण रहेको जानकारी गरेका छन।
प्रमुख संरक्षकले सामाजिक संजाल मार्फत गैरआवासिय नेपाली संघको केन्द्रिय महाधिवेशनमा संघको विधान विपरित चयन भएको जम्बो कार्यसमितिका सम्बन्धमा आफ्नो धारणा य्वक्त गर्दा विधान तथा संघको गरिमामा आँच आउने कुनै कार्य नभएको भन्ने नेदर्ल्याण्डका अभियन्ताहरुको बुझाई रहेको छ।
कुल आचार्य निकटका वर्तमान अध्यक्ष मिम पुर्जाले प्रमुख सँरक्षक हरि पौडेललाई मनोनयनको प्रस्ताव लिएर आउनु आगावै केन्द्रमा बनेको जम्बो टिम संघको हितमा नभएको धारणा कार्यसमितिलाई प्रष्ट पारेर मात्र मनोनयन सशर्त स्विकार गरेको हुँदा पनि उँहालाई बर्खास्त गरिनु न्यायोचित र मर्यादित नभएको आग्रजहरुको भनाइ छ।
साथै प्रमुख सँरक्षकलाई बर्खास्त गर्ने सन्दर्भमा केन्द्रिय वा एनसिसिको विधानले कुनै पनि व्यवस्था नगरेको र हाल सम्म यस्तो नजिर पनि नभएको हुँदा वर्तमान कार्यसमितिको निर्णय निराधार भएको भनिएको छ।
प्रमुख संरक्षक जस्तो गरिमामय पद वार्षिक साधारण सभा वा अधिवेशनबाट अनुमोदन गरेपछि मात्र आधिकारिक हुने हुँदा यसको बर्खास्त पनि वार्षिक साधारण सभा वा अशिवेशनले मात्र गर्न सक्ने भएकोले पनि कार्यसमितीको निर्णयलाई पुर्नर्विचार गरि सामाजिक एकता, संस्थागत विकास र सम्मानित र सकारात्मक वातावरण निर्माण गर्न नेदर्ल्याण्डका अभियन्ताहरुको दवाव रहेको छ।
एनआरएनए-नेदर्ल्याण्डको पश्च्यात संस्थागत एकता कायम गर्दै उदाहरणिय कार्य गर्न सबैसँग हातेमालो गर्नुको सट्टा गुठवन्दी राजनीति र विवादित गतिबिधीहरुलाई प्रोत्साहन गर्दै आएको गुनासो नेन्दर्ल्याण्डवासी गैरआवासिय नेपालीहरुले गर्दै आएका छ।
एक पछि अर्को विवादास्मक निर्णयहरु गर्दै नियोजित ढंगले गर्दै जाँदा नेपाली समाज चरमसिमामा विवादित छ र एनआरएनए-नेदर्ल्याण्डको गरिमा शुन्यमा झरेको छ।
कार्यसमितिले यस्ता विवादहरुलाई विवेकशिलता पुर्वक समाधान नगरेको खण्डमा एनआरएनए-नेदर्ल्याण्डमा बम विस्फोटन हुन मात्र बाँकी रहेको आन्तरिक स्रोतबाट जानकारी आएको छ।