गृहपृष्ठ एफएनजे युरोप शाखाको आयोजनामा अन्तरर्किया कार्यक्रम सम्पन्न
एफएनजे युरोप शाखाको आयोजनामा अन्तरर्किया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको विशेष अन्तरर्किया कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
पत्रकार महासंघका केन्द्रीय सदस्यहरु त्रिभुवन पौडेल,रमेश खतिवडा ,केसी लामीछाने र सुनिल खड्का लगायतको उपस्थितमा अन्तरर्किया कार्यक्रम गरिएको थियो।
बेल्जियमको लुभेनमा आयोजीत कार्यक्रममा प्रवासमा नेपाली पत्रकारीता,पत्रकारहरुको सक्रियता ,योगदान र विविध समस्याका विषयमा चर्चा-परिचर्चा गरिएको थियो।
बेनेलक्स तथा यूरोपियन युनियनका लागी नेपालका महामहिम राजदुत श्री गेहेन्द्रराज राजभण्डारीज्यूको प्रमुख अतिथ्यता र कावा अध्यक्ष केजीन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष तथा व्यवसायी लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ ,महिला व्यवसायी कल्पना मगर लगायत संघसंस्थाका प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष दिल निशानी मगर,महासचिव द्रोण रिजाल,सचिब महिन्दो वाईबा र कोषाध्यक्ष ईन्दिरा चाम्लिङ लगायतको उपस्थिती थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल पत्रकार महासंघ युरोप शाखाले युरोपमा नेपाली पत्रकारीता विकासमा खेलेको भुमीकाको सर्हाना गरेका थिए।विशेषगरी कावा अध्यक्ष केजीन राईको भुमीका निकै प्रशंसा योग्य रहेको अतिथिहरुको भनाई थियो।