२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ एमालेको नेपाल पक्ष नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा,केही दिनमै घोषणा हुने

एमालेको नेपाल पक्ष नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा,केही दिनमै घोषणा हुने

पछिल्लो समय नेकपा एमालेभित्र विवाद उत्कर्ष विन्दुमा पुगेको छ। झलनाथ खनाल र माधव कुमार नेपाल पक्षको स्थायी समिती बैठकले अब उपरान्त केपी ओलीसँगै बस्न नसकिने निष्कर्ष निकालेको छ।

उता शनिबार बसेको ओली पक्षिय स्थायी समिती बैठकले नेपाल -खनाल सहित ११ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री दाबी गर्ने क्रममा नेपाल-खनाल पक्षले देउवालाई सघाएको थियो भने ओली यश कदमबाट थप रुष्ट बनेका थिए। यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको हो।

नेपालले अध्यक्ष ओलीलेनै पार्टीलाई फुटको दिशातर्फ धकेलेको आरोप लगाएका छन्।नेपाल पक्षिय एक नेताका अनुसार अब केही दिनमै नयाँ पार्टी घोषणा हुनसक्छ।पार्टीको नाममा सन्दर्भमा लगभग टुंगो लागिसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु