२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ एमालेद्वारा देशब्यापी कार्यक्रमको घोषणा

एमालेद्वारा देशब्यापी कार्यक्रमको घोषणा

पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ।

सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम थालेको छ।

विभाजनको असर आगामी चुनावमा कम पर्न दिन तथा नेताकार्यकर्तालाई विभाजित पार्टीमा जान रोक्न एमालेले देशव्यापी कार्यक्रम सुरु गरेको हो।

झापा, रूपन्देही, काठमाडौंजस्ता जिल्लामा आयोजित भेला, बैठक, प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्।

युवा संघ र अन्य जनवर्गीय संगठनका पनि भेला, बैठक शुरु भएका छन्। केन्द्रीय नेताहरू देश्यव्यापी रूपमा कार्यक्रममा सहभागी हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु