गृहपृष्ठ एमाले अध्यक्ष ओलीले डाके स्थायी समिति बैठक
एमाले अध्यक्ष ओलीले डाके स्थायी समिति बैठक

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन्।
बैठक आइतबार विहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एक नेताले जनाए। स्रोतका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खबर गरिएको छैन।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट आएका फैसलालगायत पार्टीको आन्तरिक कार्यबारे छलफल हुने जनाइएको छ।
नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ। यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।
साथै महाधिवेशन आयोजक कमिटीका नाममा पार्टी नेताहरुलाई गरेको कारवाहीलाई सर्वोच्चले समेत मान्यता दिन अस्वीकार गरेको छ।