२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ एमाले पार्टी एकताका लागि बन्यो १० सदस्यीय कार्यदल

एमाले पार्टी एकताका लागि बन्यो १० सदस्यीय कार्यदल

नेकपा एमालेले पार्टी एकताका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ।संसदिय दलका उपनेता सुवास नेम्वाङ र नेता भिम रावलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

कार्यदलमा बिस्णु पौडेल,गोकर्ण विस्ट,रघुजी पन्त,प्रदिप ज्ञवाली,बिस्णु रिमाल,घनश्याम भुसाल,शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन्।

आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटवार्ता भएको थियो।प्रधानमन्त्री ओली र नेपाल पक्ष बीच केही दिन देखि पार्टी एकताका लागि भन्दै लगातार छलफल चलिरहेको छ।

आज बनेको कार्यदलले ३ दिनको समय पाएको छ भने पार्टी एकताका लागि ठोस आधार तयार गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु