२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ एमाले फुटेको भन्ने हल्ला मात्र हो,केही सिद्धान्तहिन मात्र बाहिरिएका हुन् :पौडेल

एमाले फुटेको भन्ने हल्ला मात्र हो,केही सिद्धान्तहिन मात्र बाहिरिएका हुन् :पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुुप्रसाद पौडेलले अध्यादेशमार्फत एमालेबाट विभाजित भएर बनेको माधव नेपालको पार्टीलाई ‘सर्पको काँचुली’ को संज्ञा दिंदै नेता पौडेलले यसले बलियो जनाधार भएको एमालेमा कुनै असर नपार्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले एमाले विभाजन नभएको र विभाजन गर्न खोज्ने कोसिस भइरहेको बताए।

उनले विभाजन गर्न खोज्नेहरु आफै पतनको बाटोमा रहेको उनले दाबी गरे। पार्टी फुटेको होइन, काँचुली फेरेको जस्तै हो नेता पौडेलले एमालेमा विभाजन ल्याउने कोसिस गरेपनि त्यो काँचुली फेरेको जस्तै भएको र त्यसले एमालेलाई कुनै असर नपार्ने दाबी गरे।

‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो’ उनले भने–‘काँचुली फेरेजस्तै हो, विभाजनले कुनै असर राख्दैन।

’ एमालेको जनाधार र संगठन ठूलो शक्तिकै रुपमा रहेको बताउँदै नेता पौडेलले आउने चुनावमार्फत् एमाले नै देशको ठूलो पार्टीको रुपमा निर्वाचित भएर सत्तामा पुग्ने ठोकुवा गरे।

उनले नेकपा कालमा र त्यसपछि एमाले बनेका बेलामा पनि पार्टी भित्रका सामान्य मतभेदलाई लिएर माधव नेपाललगायतका केही नेताहरुले पार्टी र कम्युनिष्ट आन्दोलनविरुद्ध जघन्य अपराध गरेको आरोप लगाए।

‘दाजुभाईको सामान्य झगडामा रिस उठ्यो भनेर आमामाथि बञ्चरो प्रहार गर्ने अपराध भयो’ उनको भनाइ थियो। उनले पार्टीको आमा जस्तै रहेको प्रष्टाए।

नेता पौडेलले एमालेमा विग्रह ल्याएर नयाँ समूह बनाउने माधव नेपालहरुको पार्टी पानीको फोका जस्तै हुने बताए।

नयाँ पार्टी बनाउनेहरुले देउवा र प्रचण्डसँग ओत लाउने ठाउँ माग्दै हिँड्नुुपरेको उनको भनाइ छ। माधव नेपालहरुलाई लक्षित गरेर नेता पौडेलले भने ‘आमाको दूूधको चुसेर भएन, बाउको घुुँडा चुसेर हुन्छ र ?’

नेता पौडेलले सम्मानित अदालतले गरेका आदेश मान्नैपर्ने भएकाले आफुहरुले मानेको बताए। ‘तर,अदालतको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको छ र संसदको सर्वोच्चतालाई कुल्चेको छ’ पौडेलको भनाइ छ।

संसदीय दलको ह्वीप नमान्ने, अनुशासन उल्लंघा गर्नेलाई दलले कारबाही गर्न नपाउने भन्ने जस्तो अदालतको आदेशले बहुदलीय ब्यस्थालाई नै गिज्याएको उनले बताए। अदालतबाट भएका आदेश र त्यसले पार्ने दुरगामी प्रभावका बारेमा इतिहासमा समीक्षा हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु