गृहपृष्ठ एमाले स्थायी कमिटी बस्दै,कार्वाही सन्दर्भमा महत्त्वपूर्ण निर्णय हुन सक्ने
एमाले स्थायी कमिटी बस्दै,कार्वाही सन्दर्भमा महत्त्वपूर्ण निर्णय हुन सक्ने

पटक-पटक स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो।
बैठक मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको बताउँदै उनले अब बस्ने बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने बताए।