गृहपृष्ठ एमाले स्थायी समिति बैठक बस्दै,नेपाल पक्षले बहिष्कार गर्ने
एमाले स्थायी समिति बैठक बस्दै,नेपाल पक्षले बहिष्कार गर्ने

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो।
दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ।
प्रतिनिधि सभा बैठकअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने भएको छ।
पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गरेको छ।