Covid-19
City Express

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किए,एक सशस्त्र प्रहरीको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

जिल्लाको पुर्व पश्चिम राजमार्गको गौरीगंगा नगरपालीका ९ शंकरपुरमा पश्चिमबाट पुर्व तर्फ गईरहेको ओम साई हस्पिटल धनगढीको एम्बुलेन्स से१च १८२८ र पुर्वबाट पश्चिम तर्फ गईरहेको म२प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।

सो दुर्घटनामा परि मोटरसाईकलको पछाडि बसेका सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हल्दार बर्ष ३५ का गोरख ऐरको उपचारको क्रममा निधन भएको छ।

मोटरसाइकल चालक घोडाघोडी १० का भरत बोहरा पनि घाईते भएका छन । एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका १० का ५४ बर्षका आशाराम चौधरीलाई सुखड्ले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्ट जानकारी दिए।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु