२०७७ पुस २८ गते मंगलवार | January 12, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ ओमानद्वारा १ हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द

ओमानद्वारा १ हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द

नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आज मंगलबारदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो।

एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ।जसका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्नेछ।

पछिल्लो समय विभिन्न अन्य देशले पनि कोरोना सङ्क्रमण नियन्त्रणका लागि यस्तै नीति लिइरहेकाले त्यही अनुसार नै आफ्नो योजना तय गर्न ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ।खाडीकै अर्को देश साउदीले पनि हिजोदेखि कोरोना महामारी रोकथामका लागि भन्दै एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान रोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु