गृहपृष्ठ कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाइरसका कारण ज्यान गयो
कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाइरसका कारण ज्यान गयो

गणतन्त्र कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोकिम योम्बीको कोरोना भाइरसका कारण ज्यान गएको छ । अल जजिराका अनुसार उनको सोमबार ८१ वर्षको उमेरमा पेरिस अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
उनको छोरालाई उद्धृत गर्दै एपीएफले जनाए अनुसार उनीमाथि कोरोना भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोको शासन सत्ता सम्हालेका थिए ।