२०७८ जेठ २८ गते शुक्रवार | June 11, 2021

Bharat Poudel

गृहपृष्ठ कक्षा ४ मा पढ्दा मैले लडेकाे त्याे चुनाव

कक्षा ४ मा पढ्दा मैले लडेकाे त्याे चुनाव

मेराे भाइ र म उमेरले करिव- करिव सँगै सँगैका थियौं। हामीसँगै एउटै कक्षा पढ्थ्याै। नाताले हामी दाजुभाइ भए पनि दाजुभाइ भन्दा पनि साथि जस्तै घनिष्ट थियौं। स्कुलमा त सँगै हुनेनै भयौं।

स्कुल भन्दा बाहिर पनि प्राय: सँगै हुन्थाै। उनकाे घरमा पसल थियाे भने केटाकेटी बेला पसलबाट बिस्कुट-मिठाइ चाेर्याे, खायाे जीवन बिन्दास चलिरहेकाे थियाे। पढाइमा उनी भन्दा म केही टाठाे थिए भने उनी म भन्दा तुलनात्मक रुपमा कमजाेर थिए। हामी सँगै बसेर पढ्थ्यौ र सँगै खेल्थ्याै। हामी बीच यस्ता निकै सम्झन लायक बाल्यकालका क्षणहरु छन्।

कक्षा ४ मा पढ्दा हाेला , मेराे देश भन्ने बिषय, श्री पाैदीटारी प्राथमिक बिधालयका( हालकाे :पाैदीटारी आधारभुत बिधालय) तत्कालीन प्रधानाध्यापकले पढाउनु हुन्थ्याे। मेराे देश बिषयमा रहेकाे बिषयबस्तु बमाेजिम उहाँले निर्वाचन प्रक्रिया मार्फत कक्षाकाे माेनिटर छान्ने निर्णय गर्नु भयाे।

माेनिटरले उक्त कक्षाका सबै विद्यार्थीहरुका गतिविधिहरु नियाल्ने र प्रधानाध्यापकलाई रिपोर्टिङ गर्ने गर्थ्याे। त्यतिबेलाकाे कक्षाकाे माेनिटर यति पावरफुल हुन्थ्यो की उसकाे अनुमतिबिना काेहि पनि कक्षाबाट बाहिर जान पाउदैन थियाे।

दिशापिसाबले च्यापेकाे बेला बाहिर जान उसलाई कन्भिन्स गर्नु पर्ने हुन्थ्यो। जाे माेनिटरकाे प्याराे हुन्थ्यो, त्याे बेलाबेला दिशापिसाब र पानी खाने बाहनामा बाहिर गइरहन पाउथ्यो।तर जाे माेनिटरकाे नजिक हुदैन थियाे , त्याे पिसाब ले च्यापेर राताे पिराे भए पछि बल्लबल्ल मुस्किलले जान पाउथ्याे।

त्यसैले त्यति बेलाकाे कक्षाकाे माेनीटर प्रधानाध्यापक पछिकाे दाेस्राे शक्तिशाली हुन्थ्यो। कक्षाकाे प्रथम विद्यार्थीलाई उक्त निर्वाचनकाे निर्वाचन आयाेगकाे संयाेजक घाेषणा गर्दै चार दिन पछि निर्वाचन हुने गरि कार्यतालिका घाेषणा भयो।

यसले निर्वाचनमा हुने आधारभुत सबै प्रक्रियाहरु पूरा गर्नुपर्ने थियाे।
म कक्षाकाे सधै दाेस्राे हुने विद्यार्थी थिए। विभिन्न कारणले म र कक्षाकाे प्रथम विद्यार्थीबीच बाेलचाल थिएन।यसलाई त्यति बेला रिसाउने भनिन्थ्यो , जुनबेला याे खुब चल्थ्याे।

म र मेराे कक्षाकाे अर्काे साथीले उम्मेदवारी दर्ता गरायौं । मेराे प्रतिद्वन्दी एक स्थानीय हेाटल ब्यावसायीकाे छाेरा थिए भने म सामान्य कृषकाे छाेरा।

सायद उनी ब्यावसायीकाे छाेरा भएको कारण उनी सँग पैसा हुन्थ्याे। उनले चुनाव सुरु हुनुभन्दा पहिलेनै चक्लेटहरु किनेर साथीहरुलाई बाढ्दै, लहै मलाई भाेट गर है, भन्दै थिए। चक्लेट खान पाएपछि केटाकेटीहरु सबै उनीसँग झुम्मिन्थे। भाेट दिने भन्दै चक्लेट खान्थे।

म र मेराे भाइ बाहेक अरु सबै विद्यार्थीहरु उनी सँगै चक्लेट खाँदै रमाउथे भने हामी चाही दुई दाजुभाइ मात्र हुन्थ्यौ। उता निर्वाचन आयाेगकाे संयाेजकनै मेराे विपक्षमा छ र सबै साथिहरु चक्लेट तिरै झुम्मिदा मेराे हार निश्चित जस्ताे लागेकाे थियाे।

म सँग चक्लेट बाढ्ने पैसा थिएन।हाेस पनि कहाँबाट त्यति बेला कक्षा ४ मा पढ्ने प्रायःजसो सँग पैसा हुदैनथ्यो। बेला -बेला भाइले भन्थे। म पसलबाट चक्लेट चाेरेर ल्याउछु अनि बाडाैं। मैले भने भाे छाेडाैं।

मैले जित्ने कुरामा लगभग आशा मारिसेकाे थिए तर भाइले भन्दै थिए, दाइ पक्का जितिन्छ। हुन त म कक्षामा पढाइमा र अन्य अतिरिक्त क्रियाकलाप टाठाे भएकाले शिक्षक-शिक्षिकाहरु र विद्यार्थीहरुको प्रियनै थिए।

तर चक्लेटकाे अगाडि त्याे प्रियता खैके टिक्ला जस्ताे लाग्थ्याे मलाई। चुनावकाे दिन आयाे।प्रधानाध्यापककाे निगरानीमा निर्वाचनको शुरु भयाे। कक्षाका सबै विद्यार्थीहरुले पालै- पालाे भाेटिङ गरे।

त्यति बेला हामी दुबैलाई एउटा एउटा चुनाव चिन्ह दिइएको थियाे। साेहि बमोजिम भाेटिङ सम्पन्न भयो। त्याे भाेट बाकस बाेकेर प्रधानाध्यापक र निर्वाचन संयाेजक विद्यालय अफिसतिर भाेट गन्न लाग्नु भयाे। चुनावी माहाेल र प्रचारप्रसार हेर्दा मेराे प्रतिद्वन्द्वीले जित्ने कुरामा ढुक्क थिए भने म चाहिँ हार्ने कुरामा ढुक्क थिएँ।

भाइले पनि आशा मारिसकेका थिए। कक्षा पढ्ने , २५/ ३० जना भाेटरहरुकाे भाेट गन्न कतिनै बेर लाग्थ्याे र। भाेट काउन्ट सिद्धिएपछि। नतिजा घाेषणा गर्न प्रधानाध्यापक आउनुभयाे।

निर्वाचन आयाेगका संयाेजककाे अध्यक्षतामा औपचारिक सभा भयाे। चुनावी घाेषणा देखि सबै गतिविधिहरु निर्वाचनका आधारभुत प्रक्रिया पुरा गराइएकाे थियाे। यसले कक्षाकाे माेनिटर छान्ने मात्र नभएर निर्वाचन र निर्वाचन आयाेगकाे भुमिकाकाे बिषयमा विद्यार्थीहरुलाइ स्पष्ट पार्नुपर्ने थियाे।

त्यसैले सबै प्रक्रियाहरु सरकारले गर्ने निर्वाचन जस्तै-जस्तै थियाे।
निर्वाचनकाे नतिजा घाेषणा गर्ने कार्यक्रम र म एक उम्मेदवार निकै काैतुहुलतामा थिए। मैले जित्छु जस्ताे नलागे पनि झिनाे आशा चाहिँ थियाे। मन ढुकढुक गरिरहेकाे थियाे।

जब प्रधानाध्यापकले नतिजा सार्वजनिक गर्नु भयाे। नतिजा साेचे भन्दा बैग्ले आयाे। अध्ययन र अनुशासनकाे प्रियतालाइ चक्लेटले राेक्न सकेन। यानिकी भारि मत अन्तरले म बिजेता घोषणा भए।मलाई बिजेता घाेषणा गरेसँगै प्रधानाध्यापक , शिक्षक-शिक्षिकाहरु र साथीहरुलाई अबिर लगाइदिनुभयाे।

बधाई दिनु भयाे र तत्काल कक्षाकाे माेनिटरकाे पदभार ग्रहण गराउनु भयाे। ममा खुसिकाे सिमा रहेन। सभा समानपन पछि बाँकी रहेका कक्षाहरु निरन्तर चल्ने भएकाले म र भाइ भएर भाइकाे पसलमा गयाैं।

अंकलले नदेख्ने गरि चक्लेटका पाेका निकाल्याै। स्कुलमा लगेर साथीहरूलाई चक्लेट बाड्दै भाेट दिएकाेमा धन्यवाद दियाैं।आजकै दिन देखि म र निवार्चन आयाेगकाे संयाेजक बीच बाेलिचालि शुरु भयाे।
म कक्षाकाे नयाँ माेनिटर नियुक्त भए।

त्यति बेलाकाे त्याे निर्वाचन, त्याे केटाकेटी अवस्था तर उचित उम्मेदवारकाे छनाेट , त्याे निर्वाचन सम्झदा मलाई अहिले पनि अचम्म लाग्छ। हामी दुबै उम्मेदवार अरु कुरामा समान भएता पनि पढाइ र अन्य क्रियाकलापमा म टाठाे भएकाले मलाई जसरि भाेटरहरुले छनाेट गरे।

त्याे निकै सुन्दर पक्ष थियाे। चक्लेट एकातिरकाे खाए पनि भाेट चाहिँ उचित ठाउँमै हाल्ने निर्णय जुन केटाकेटीहरु ले गरे , बालबच्चाले समेत त्यति विवेक प्रयाेग गर्न सके भने।

अहिले तपाईंहामीले त्यस्तै विवेक प्रयाेग गर्न सक्याै भने उचित ठाउमा उचित व्यक्ति पुग्ने थियाे। देश र जनताकाे लागि केही हुन्थ्यो कि। यस्तै सिनारियाे देशकाे निर्वाचनमा देख्न पाइयाेस्।

जय देश , जय नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु