२०७७ चैत २९ गते आइतवार | April 11, 2021

Bharat Poudel

गृहपृष्ठ कतारद्वाले कामदारको तलव न्यूनतम १ हजार रियाल दिने मापदण्ड कार्यान्वयनमा ल्यायो

कतारद्वाले कामदारको तलव न्यूनतम १ हजार रियाल दिने मापदण्ड कार्यान्वयनमा ल्यायो

कतारले कामदारको न्यूनतम तलव एक हजार रियाल दिने मापदण्ड कार्यान्वयनमा ल्याएको छ। कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो। प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झन्डै ३० हजार रुपैयाँ) तोकेको थियो। यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ।

मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रूपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ। खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो। यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिई जाने सबैको हकमा लागू हुनेछ।

कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउनेसुविधा निर्धारण गरेको हो।

अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलबमात्रै दिए पुग्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु