२०७९ असोज ११ गत मंगलवार | September 27, 2022

Bharat Poudel

गृहपृष्ठ कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिईयो

कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिईयो

ठूलो संख्यामा नेपाली रहने गरेको कतारमा एक नेपालीलाई हत्या अभियोगमा गोली हानेर मृत्यु दण्ड दिइएको छ। कतारमा कुनै पनि नेपालीमाथिको यो पहिलो सजाय हो। नेपालको महोत्तरी राही–१, का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अदालतको फैसला पछि चौधरीलाई मृत्युदण्ड दिईएको हो। कतारको तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि र पीडित भनिएको परिवारले माफी दिन अस्वीकार गरे पछि मृत्युदण्ड दिईएको हो।

उनलाई गोली हानेर मृत्युदण्ड दिनु अघिल्लो दिन कतारको विदेश मन्त्रालयले नेपाली राजदुतावासलाई जानकारी गराएको थियो। त्यस लगत्तै दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्रै पठाएर यो मृत्युदण्ड रोक्न पहल गर्न अनुरोध गरेको थियो।

तर नेपालको तर्फबाट के गरियो भन्ने परराष्ट्र मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन । चौधरीको शब कतारको स्थानीय अस्पतालमा राखिएको र अब नेपाल पठाउने तयारी गरिदैछ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ। चौधरीलाई तीन बर्षदेखि नै गिराफ्तार गरेर जेलमा राखिएको थियो। अदालतको आदेशमै गोली हानेर मृत्युदण्ड दिईएको कुनै पनि नेपालीलाई यो पहिलो पटक हो।

अरु पनि कतिपय नेपालीले मृत्युदण्ड पाए पनि अहिले सम्म कार्यन्वयन गरिएको थिएन । पहिलो पटक नेपाली नागरिकले कतारमा मृत्युदण्डको सजाय भोग्न पुगेका छन् । नेपालमा समेत मृत्युदण्डको सजायको व्यवस्था छैन ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए। उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे। उनलाई केन्द्रीय कारगारमा राखिएको थियो। उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

त्यस पछि चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका थिए तर उनको पुनरावेदन खारेज भए पछि उनी सजाय भोग्न बाध्य भएका हुन्। कतारमा करीब ४ लाख नेपाली रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु