२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ कतारमा प्रभावकारी बन्यो खोप अभियान, ३० लाख बढी डोज वितरण

कतारमा प्रभावकारी बन्यो खोप अभियान, ३० लाख बढी डोज वितरण

कतारमा सञ्चालन गरिएको कोभिड–१९ विरुद्ध राष्ट्रिय खोप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ।

२३ डिसेम्बर २०२० देखि सुरु भएको बृहत खोप कार्यक्रममा ३० लाख भन्द बढी डोज उपयोग भइसकेको छ। कतारको स्वास्थ्य मन्त्रालयले फाइजर–मोडर्ना र बायोन्टेकलाई स्वीकृति दिएको थियो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कतारमा १२ वर्ष माथिका ५८.२ प्रतिशत जनसंख्यालाई खोपको दुवै मात्रा लगाइसकिएको छ। यस्तै, ७१.३ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन्।

खोप कार्यक्रममा ४० वर्ष माथिका ९० प्रतिशत बढीले कम्तिमा खोपको एक मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। खोप कार्यक्रम कोभिड–१९ उन्मुलनको लागि कोशेढुंगा सावित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु