२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

नेपाली रक्तदाता संघ कतारको आयोजनामा शुक्रवार वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोनाका महामारीका बीच आयोजना भएको “खुल्ला रक्तदान कार्यक्रम” मा कतारमा स्थापित विभिन्न संघ -संस्था तथा सामाजिक अभियन्ता सहित १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो भने संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरेका थिए।

कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा उपस्थित भट्टराईले रक्तदान पुण्य कार्य भएको र संघको कार्य उदाहरणीय रहेको बताए।

संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप भित्ते पात्रो प्रदान गरिएको थियो भने अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

विषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई संघको तर्फबाट अध्यक्ष कटुवालले धन्यवाद तथा आभार प्रकट गरेका थिए। उक्त कार्यक्रम बिहान ८ बजेबाट मध्यान्हसम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु