२०७८ वैशाख २४ गते शुक्रवार | May 07, 2021

Bharat Poudel

गृहपृष्ठ कतारमा मंगबारदेखी रमदान सुरु हुने

कतारमा मंगबारदेखी रमदान सुरु हुने

यस वर्षको इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको पहिलो दिन कतारमा मंगलबार अर्थात १३ अप्रिलबाट सुरु हुने पक्का भएको छ।

तिथिअनुसार सोमबारबाट सुरु भनिएको रमदान चन्द्रमा नदेखिएको कारण मंगलबारबाट सुरु हुने अकफ तथा ईस्लामिक मामिला मन्त्रालयले जनाएको छ।

कतारको न्याय तथा मन्त्रीमण्डल मामिला मन्त्रालयले सूचना प्रकासित गर्दै यो वर्षको रमदान महिनाको लागि समय तोकेको छ।सरकारले अप्रिल १३ तारीख देखि सुरु हुने रमदान महिना भर सरकारी कार्यलय मन्त्रालय तथा अन्य सरकारी निकायको लागि समय तोकेको हो।

सूचना अनुसार रमादन १४४२ ए एच महिना अवधीभर कार्य समय बिहान ९ बजे बाट २ बजे सम्म तोकिएको हो।

निजि संस्थाको लागि कतारी श्रम कानुन अनुसार रमादान महिनामा सुरक्षा गार्ड, अस्पताल जस्ता संवेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्किल सबै कामदारहरुले दिन वा रात गरेर जम्मा ६ घन्टा काम गर्नु पर्ने कतारी श्रम कानुनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु