२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ कतार विश्वकप:घानाले जित्यो साउथ कोरियालाई ,रोमाञ्चक खेलमा साउथ स्त्तब्ध

कतार विश्वकप:घानाले जित्यो साउथ कोरियालाई ,रोमाञ्चक खेलमा साउथ स्त्तब्ध

कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरिया विरुद्ध घानाले जित हासिल गरेको छ।एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो। 

खेलको २४ औं मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा घानाका मोहमद कुडुसले अग्रता दोब्बर पार्यो।

कोरियाका लागि चो गि सुगंले ५८ औं तथा ६१ औं मिनेटमा १-१ गोल फर्काए । ६८ औं मिनेटमा घानाका मोहमद कुडुसले गरेको गोल नै निर्णायक भयो । जितसँगै घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ।

हारसँगै दक्षिण कोरिया १ अंकका साथ समूहको पुछारमा रहेको छ। घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु