गृहपृष्ठ कम्बोडियामा एक नेपालीको अत्यासलाग्दो निधन,४ घण्टा लगातार भिडियोमा कुराकानी
कम्बोडियामा एक नेपालीको अत्यासलाग्दो निधन,४ घण्टा लगातार भिडियोमा कुराकानी

अत्यासलाग्दो निधन!सोच्दा पनि शरीरनै काम्ने भिडियो दृश्य।यस्तै भयो एक जना नेपालीलाई।त्यो पनि भयानक आगलागीको चौघेरा भित्र।यो घटना कम्बोडियाको हो।थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्।
निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए।
आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडिओ कलमा कुराकानी गरे।
दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएका थिए। त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए। कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए।