गृहपृष्ठ कर्णालीमा नीति तथा कार्यक्रम पारित
कर्णालीमा नीति तथा कार्यक्रम पारित

नेकपा एमालेको चाहनाविपरित कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए।
नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ह्वीप जारी गरेको थियो। एमाले सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपनि बहुमत भने पुगेन।