२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले दियो राजिनामा

कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले दियो राजिनामा

सन २०१० देखि नेदरल्यान्ड्स सरकारबाट प्राप्त हुने बालबालिकाको केयर (डे केयर) को लागि भत्तामा नेदरल्यान्ड्सको कर कार्यालयले ठुलो गल्ती गरि २५०B०० भन्दा बढि मान्छे पीडित हुन पुगेको स्वीकार गर्दै सरकार प्रती जनताको विश्वासमा कमी हुने भएकाले जनतासँग गल्ती स्वीकार गर्दै मन्त्रीपरिषदको बैठकले राजिनामा दिएको हो।

“यो अवश्य पनि एक धेरै प्रतीकात्मक कदम हो, चुनाव भन्दा दुई महिना अघि, तर यो सँगै सम्पूर्ण मन्त्रीपरिषद्ले देखाउँछ कि हामी सबै लाभका लागि जिम्मेवार छौं र हामी त्यो जिम्मेवारी पनि लिन्छौं”, भनिएको छ। काम गर्ने परिवारलाई बालबालिका ख्याल गर्न आर्थिक सपोर्ट दिने नेदरल्यान्ड्सको कर कार्यालयको हिसाबमा प्राविधिक गडबडी भएको बिषय सरकारले नैतिक जिम्मेवारी लिंदै राजिनामा दिएको हो।

राजनैतिक वा आर्थिक कुनै घोटाला हैन फेरी पनि सरकारी कर्मचारीको प्राविधिक गल्तीमा पनि सरकारले जनता प्रति माफी माग्दै प्रभाबित प्रति परिवार ३० हजार युरो प्रदान गर्दै गल्तीले गत दशकमा ( २०१२ साल ) आसपासमा पर्न गएको तनाब , क्षति प्रति आत्मा ग्लानी सहित जिम्मेवारी लिएको छ।

The inquiry report said around 10,000 families had been forced to repay tens of thousands of euros of subsidies after being wrongfully accused of fraud, leading to unemployment, bankruptcy or divorce. It described such mismanagement over a decade as an “unprecedented injustice”.संसदीय समितिको छानबिन बाट निम्न तथ्य सार्वजनिक भएको थियो।

मार्च २०२१ मा हुन गैरहेको प्रतिनिधिसभाको निर्वाचन पछि मात्र नयाँ सरकार बन्ने छ त्यतीबेला सम्म बिघटित सरकारले सरकार चलाऊने र विघटित सरकारले निर्वाचन पनि गराउने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु