२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कलाकार घिमिरेको स्वास्थ्य अवस्था जटिल,अपेक्षित सुधार नआएको अस्पतालको प्रस्टोक्ती

कलाकार घिमिरेको स्वास्थ्य अवस्था जटिल,अपेक्षित सुधार नआएको अस्पतालको प्रस्टोक्ती

उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन। नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो।

अस्पतालका प्रमुख कार्र्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ। आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन्।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ ।’

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ।’

नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन् । हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ। अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ । ‘निशा घिमिरेको उपचारका नाममा कोहीकसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ।

’ विज्ञप्तिमा भनिएको छ ।दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ।

‘स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने उहाँलाई राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु