गृहपृष्ठ कस्तो होला नेपालीको मन!ग्रीसमा अपहरण गरी काठमाडौंमा फिरौती माग्ने ४ जना पक्राउ
कस्तो होला नेपालीको मन!ग्रीसमा अपहरण गरी काठमाडौंमा फिरौती माग्ने ४ जना पक्राउ

सुन्दापनि अत्यास लाग्ने!कस्तो होला नेपालीको मन!धेरै नेपालीहरु दयालु र सहयोगी भावका हुन्छन्।तर कतिपय नेपाली क्रुर हुन्छन् भन्ने तथ्य ग्रीसबाट अपहरण गर्ने नेपालीको कर्तुतले जनाउछ।
युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।
मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो। उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।
वैदेशिक रोजगारीमा गएका छोराछोरी अपहरणमा परेपछि आमाबुवाले प्रहरी गुहारेका थिए।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए।