गृहपृष्ठ काँग्रेसले गर्यो जनसम्पर्क समिति पोर्चुगलका प्रमुखसँग यस्तो आग्रह
काँग्रेसले गर्यो जनसम्पर्क समिति पोर्चुगलका प्रमुखसँग यस्तो आग्रह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराई र जनसम्पर्क समिति पोर्चुगलका प्रमुख विनोद घिमिरेबीच छलफल भएको छ। उनिहरु बीच प्रवासमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा छलफल भएको हो।
छलफलमा पोर्चुगलमा रहेका नेपालीमा कोभिड –१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको थियो।
संयोजक भट्टराईले पोर्चुगलमा रहेका नेपालीको समस्याका सम्बन्धमा काँग्रेस गम्भीर र संवेदनशील रहेको बताएका थिए । उनले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गरेका थिए । उनिहरुबीच भिडियो कन्फ्रेन्समार्फत छलफल भएको हो।
यसैबीच नेपाली जनसम्पर्क समिति पोर्चुगलका प्रमुख घिमिरेले कोरोना भाइरस (कोभिड–१९) प्रकोपको कठिन अवस्थामा आफू, आफ्नो परिवार र नजिकका सबैलाई सचेत गराएका छन्। ‘आफू बसेको देशले जारी गरेको स्वास्थ्य सम्बन्धि सतर्कताको निश्चित मापदण्ड पालना गर्दै सुरक्षित रहनु हामी सबैको पहिलो प्राथमिकता हो।’ उनले भने, ‘यो संक्रमणको आपतकालीन घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अधिकतम होसियारी अपनाउन अनुरोध गर्दछु।’