गृहपृष्ठ कांग्रेस महाधिवेशन रस्साकस्सी ,पौडेल समूहबाट एक जना उम्मेदवार हुने
कांग्रेस महाधिवेशन रस्साकस्सी ,पौडेल समूहबाट एक जना उम्मेदवार हुने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको बताएका छन्।
राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीभित्र सुधारको खाँचो रहेको नेता पौडेलले बताएका छन्। उनले भने, ‘पार्टीको संस्थागत विकास चाहिएको छ। अहिले पनि क्रियाशील सदस्यताको विवाद कायम छ। निष्ठावान साथीहरु पीडित भएका छन्। हामीले संघर्ष गर्नुपर्ने अवस्था आएको छ।’
उनले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने पनि बताए। ‘हाम्रो तर्फबाट संस्थागत उम्मेदवारी दिन्छौँ। पार्टी र लोकतन्त्र बचाउन एक भएर अघि बढ्छौँ। हाम्रो एकता अधिवेशनको अन्तिमसम्म कायम रहन्छ।
हामी सबैको तर्फबाट एक जना सभापतिको उम्मेदवार रहन्छ’ वरिष्ठ नेता पौडेलले भनेका छन्।
उनले केही समयपछि आफंनो तर्फबाट उम्मेद्धारको नाम टुंगो लगाउने र संस्थागत रुपमा नाम पठाउने बताएका थिए। पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, शशांक कोइराला, सुजाता कोइराला लगायतका नेताहरु सहभागी थिए।