२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कांग्रेस सभापति देउवाले गरेको एकलौटी निर्णय अमान्य:कोइराला

कांग्रेस सभापति देउवाले गरेको एकलौटी निर्णय अमान्य:कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पार्टीको १४औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति देउवालाई प्रश्न गरेका हुन्। सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुने पनि उनले चेतावनी दिएका छन्।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के मापदण्ड” अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो। हामी जान्न चाहन्छौं।

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ’ उनले भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ।’

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु