गृहपृष्ठ कांडेबासमा सम्पन्न फुटबल खेल बिजेता बुटवलको एकता
कांडेबासमा सम्पन्न फुटबल खेल बिजेता बुटवलको एकता

संस्कृति संरक्षण मंच बागलुङको आयोजनामा कॉडेबास बजारमा सम्पन्न खुल्ला फुटवल प्रतियोगितामा बुटवलको एकता युवा क्लब प्रथम भएको छ।ललितपुरको भरसिटि क्लब द्वितिय भएको छ।प्रथम पुरस्कार पचहत्तर हजार उन्नाईस,कप,मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार पैंचालिस हजार,कप,मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुई टिम लाई पचहत्तर सय प्रदान गरियो।मन्चका अध्यक्ष पदम सलामीका अनुसार खुला फुटबल प्रतियोगितामा चर्चित १६फुटवल टिम हरूले भाग लिएका थिए।हाम्रो संस्कृति हाम्रो गौरव भन्ने मुल नाराका साथ संस्कृति संरक्षण मंच बागलुङको १९औं बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ।
यस अवसरमा मन्चले खुला फुटवल प्रतियोगिता आयोजना गर्यो।पुरस्कार राशी आकर्षक रहेकोले फुटवल प्रतियोगितामा काठमान्डौ,बुटवल लगायतका ठॉऊ बाट बिभिन्न क्लब हरूले भाग लिए।कार्यक्रमलाइ सफलतापूर्वक सम्पन्न गर्न देश बिदेश बाट यसका शुभेच्छुकहरु एवं बिभिन्न संघ सस्थाहरु बाट शुभकामना सहित सहयोग हरू प्राप्त भएको मन्चका अध्यक्ष पदम सलामीले बताऊनु भयो।संस्कृति संरक्षण मन्चका शुभचिन्तकहरु बाट कार्यक्रम सम्पन्न गर्न सुझाव,सल्लाह,आर्थिक,भौतिक सहयोग प्राप्त हुनु गौरबको बिषय भएको सल्लाहकार सदस्य रेशम बुढाथोकीले बताऊनु भयो।
कार्यक्रमको अवसरमा संस्कृति संरक्षण मन्चले खुल्ला लोक नृत्य,लुठो तान्ने (साबिक कॉडेबासका वार्ड),सोलो बाईक रेस,ब्याडमिन्टन(एग्रेड),ब्याडमिन्टन(बि ग्रेड)लगायत बिबिध कार्यक्रम हरू आयोजना गरिएको थियो।
खुल्ला लोकगित प्रतियोगिता प्रथम गोल्डेन फ्युचर एकाडमी,डॉडाखेत प्रथम भएको छ।प्रथम पुरस्कार पन्द्र हजार उन्नाईस र प्रमाण पत्र रहेको थियो।यसै गरी द्वितिय पुरस्कार बार्ह हजार,प्रमाण पत्र र तृतिय पुरस्कार सातहजार र प्रमाण पत्र थियो।
यसैगरी ब्याडमिन्टन ग्रेड ए र ग्रेड बि को पुरस्कार राशी समान रहेको थियो।प्रथम,द्वितिय र तृतिय पुरस्कार क्रमश पन्द्र हजार उन्नाईस,दस हजार मेडल,प्रमाण पत्र रहेको थियो।लुठो तान को प्रथम,द्वितिय पुरस्कार क्रमश आठ हजार उन्नाईस,पॉच हजार र प्रमाण पत्र रहेको थियो।कार्यक्रमको आकर्षणको रूपमा सोलो रेस कम्पिटिसन रहेको थियो।यस प्रतियोगिताको प्रथम र द्वितिय पुरस्कार क्रमश तिन हजार उन्नाईस,दुई हजार र प्रमाण पत्र रहेको आयोजकको भनाई रहेको छ।