गृहपृष्ठ काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको सक्रियता,संसद विघटन विरुद्ध जनप्रदर्शन गर्ने
काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको सक्रियता,संसद विघटन विरुद्ध जनप्रदर्शन गर्ने

नेपाली काँग्रेस गुल्मी काठमाडौँ सम्पर्क समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विपक्षमा विरोध प्रदर्शन गर्ने भएको छ।
शुक्रवार दिउँसो १२ बजे बाघबजारको भक्तपुर बसपार्क देखि विरोध र्याली निकालिने भएको हो । र्यालीपछि रत्नपार्क शान्तिबाटिकामा गरिने विरोध सभामा केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य गगन थापा, पुष्पा पौडेल, प्रदीप पौडेल र भीमसेनदास प्रधानले सम्बोधन गर्ने नेका गुल्मी काँग्रेस सम्पर्क समितिका नेता कृष्ण खरेलले बताउनुभयो।
संविधानको भावना र मर्मविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन गरेर तानाशाहको नाँगो रुप देखाएकोे काँग्रेसको ठहर छ।
उक्त विरोध सभा अघि नेविसंघले पनि र्याली निकाल्ने र व्यापक उपस्थिती बनाउने तयारी भइरहेको नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क समितिका सचिब बुद्ध पन्थीले बताउनुभयो।