२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ काङ्ग्रेस वरिष्ठ नेता पौडेल अविश्वास प्रस्तावको पक्षमा,वर्तमान प्रदेश सरकारको विपक्षमा मत हाल्ने

काङ्ग्रेस वरिष्ठ नेता पौडेल अविश्वास प्रस्तावको पक्षमा,वर्तमान प्रदेश सरकारको विपक्षमा मत हाल्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशहरुमा दर्ता अविश्वासको प्रस्तावको पक्षमा उभिने स्पष्ट पारेका हुन्। नेकपा विभाजनसँगै अविश्वासको प्रस्तावको लहर आइरहेको बेला नेता पौडेलले यसको पक्षमा उभिने बताएका हुन्।

अविश्वासको प्रस्तावको पक्ष कि विपक्षमा उभिने भन्नेमा नेपाली कांग्रेसभित्र विवाद छ। सभापति देउवाले प्रदेशकै संसदीय दललाई यसबारेमा निर्णय लिन दिनुपर्ने बताउँदै आएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कांग्रेस प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने स्पष्ट पारेका हुन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु