२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ काठमाडौं खुल्यो सस्तो होटल,६५ रुपैयाँमा खाना खान ग्राहकहरुको भिड

काठमाडौं खुल्यो सस्तो होटल,६५ रुपैयाँमा खाना खान ग्राहकहरुको भिड

कोहि पनि भोको नरहुन् भन्ने उद्देश्यको साथमा काठमाडौंको अनामनगरमा ६५ रुपैंयामा टन्न खाना खान पाईने ठाउँ हाम्रो खाना घर संचालनमा आएको छ।

हाम्रो टिम नेपाल र यु.केमा बसेर समाज सेवा गर्ने बरिष्ठ समाजसेवी इशा गुरुङको सहकार्यमा संचालनमा आएको यस खाना घरबाट भएको मुनाफा अन्य सामाजिक कामहरुमा लगाईने हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले बताएका छन्।

काठमाडौंमा काम गर्ने बिद्यार्थी, मजदुर, डेरावाल लगायत हुने र नहुने दुवै बर्गका लागि संचालनमा ल्याईएको खाना घरमा भेज खाना सेट ६५ रुपैंयामै पाईन्छ।

अब यस कार्य सफल भएसँगै राजधानीका अन्य ठाउँ सहित देशका मुख्य शहररुमा पनि खाना घर सन्चालनमा ल्याईने बताईएको छ। यसैबीच कलाकार तथा संचारकर्मी पनि खाना घरमा पुगी हौसला प्रदान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु