२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ काठमाडौं टोखा दम्पती मृत्यु प्रकरण अझै रहस्यमय

काठमाडौं टोखा दम्पती मृत्यु प्रकरण अझै रहस्यमय

काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन। उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो।

उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ।

घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो। उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो। नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ।

सुदीक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो। त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु