२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ कानुन व्यवसायी खनालमाथी लाग्यो गम्भीर आरोप,पीडित महिलाद्वारा पोर्चुगिस प्रहरीसमक्ष उजुरी

कानुन व्यवसायी खनालमाथी लाग्यो गम्भीर आरोप,पीडित महिलाद्वारा पोर्चुगिस प्रहरीसमक्ष उजुरी

पोर्चुगलमा कानुन व्यवसायीको रुपमा आफुलाई चिनाउने राजन खनाल यतिखेर विवादमा तानिएका छन्।उनीमाथी एउटा गम्भीर र संवेदनशिल आरोप लागेको छ।त्यो पनि आफ्नै महिला कर्मचारीमाथी कुटपिट र दुर्व्यवहारको आरोप।

खनालले आफुमाथि निर्घात कुटपीट तथा दुर्व्यवाहार गरेको आरोप लगाउँदै उनकै कार्यालयमा काम गर्ने एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिरीएको हो।


लिस्वन स्थित NRC एड्भोकेडमा कार्यरत तथा नेपाली कानुन व्यवसायी समेत भनेर चिनिएका राजन खनालले आफुलाई विगत केही समयदेखीनै शारीरिक तथा मानसिक रूपमा यातना दिईराखेको पिडितको दाबी छ।


खनालले जनवरी १५ तारिकको दिन कार्यालयमा काम गरिरहेको अवस्थामा आएर एक्कासी गाली गलौज गरेको तथा कपाल लुछ्दै नीलडाम हुने गरी कुटपीट गरेको पिडित युवतीले बताएकी छन्।

यो घटना बाहिरीएपछि पोर्चुगलमा कृयाशिल विभिन्न संघ-सस्था तथा प्रतिनिधिहरुले आपत्ति जनाएका छन्।अन्य त्यस्ता थुप्रै घटना रहेको र केही दिनमा अन्य घटनाहरु पनि सार्वजनिक हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु